PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सिंगापुर र कुवेतबीचको खेल वर्षाका कारण रद्द, नेपालमात्र अंक बिहिन



सिंगापुर र कुवेतबीचको खेल वर्षाका कारण रद्द, नेपालमात्र अंक बिहिन
Photo Credit : Cricketingnepal

काठमाडौं: आइसिसी टी - २० विश्वकप एसिया फाइनल क्वालिफायर अन्तर्गत मंगलबारको खेलपछि नेपालमात्र अङ्कविहिन बनेको छ। मंगलबार घरेलु टोली सिंगापुर र कुवेतबीच हुने भनिएको खेल वर्षाले रद्द भएपछि दुबै टोलीले १-१ अंक बाँडेका छन्। एन्डियन एसोसिएसन ग्राउन्डमा हुने खेल वर्षा भएपछि टस नै नगरी रद्द भयो।

मंगलबारकै पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो। पहिलो खेलमा सिंगापुरसँग ३३ रनले पराजित भएको कतारले नेपालले हराउँदै अंकको खाता खोलेको हो। 

यस्तै मलेसियासँग पहिलो खेल हारेको कुवेतले सिंगापुरविरुद्धको खेल रद्द भएपछि एक अंक जोडेको हो।

क्वालिफायरमा दुई खेलपछि तीन अंक जोड्दै घरेलु टोली सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा छ। दुई अंक जोडेको मलेसिया र कतार क्रमश दोस्रो र तेस्रो स्थानमा छ। कुवेत एक अंकसहित चौथो स्थानमा छ।

अब नेपालले दोस्रो खेलमा बुधवार मलेसियासँग खेल्नेछ। ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य बनाएको नेपालको लागि अब बाँकी तीनवटै खेल जित्नुपर्ने चुनौति छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell