PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

युवतीलाई तिखो वस्तुले घोचेर आतंक फैलाउने कार्की अदालतको आदेशपछि रिहा, छुटेलगत्तै फेरि पक्राउ



युवतीलाई तिखो वस्तुले घोचेर आतंक फैलाउने कार्की अदालतको आदेशपछि रिहा, छुटेलगत्तै फेरि पक्राउ
फाइल फोटो

काठमाडौं: उपत्यकाभित्र युवतीहरुलाई तिखो वस्तुले घोचेर आतंक फैलाएको अभियोगमा नियन्त्रणमा लिएका रामेछाप घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई अदालतले छाडेलगत्तै प्रहरीले पुन नियन्त्रणमा लिएको छ।

जिल्ला अदालत काठमाडौंले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्ने आदेश दिएलगत्तै रिहा भएका उनलाई पुन नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिएका कार्कीलाई अभद्र व्यवहारको अभियोगमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

कार्कीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले असार १२ गते राति पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell