PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नख्खु बम विस्फोटमा संलग्न विप्लवका फरार कार्यकर्ता पक्राउ



नख्खु बम विस्फोटमा संलग्न विप्लवका फरार कार्यकर्ता पक्राउ

काठमाडौं: ललितपुरको नख्खुमा रहेको एनसेल कार्यालयमा बम विस्फोटमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्। भोजपुरका दोर्जी शेर्पालाई गोंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत फागुन १० गते एनसेल कार्यालयमा भएको बम विस्फोटमा परी सिंहबहादुर गुरुङको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए। प्रहरी विप्लव समूहका ७ जना कार्यकर्तालाई पक्राउ गरिसकेको छ। शेर्पा भने फरार सूचीमा रहेका थिए। शेर्पा विप्लव समूहका युवा संगठनका सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell