PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाल भर्सेस सिंगापुर : अघोषित फाइनल, जित्ने टिम पुग्नेछ ग्लोबल क्वालिफायर



गोविन्दराज नेपाल

नेपाल भर्सेस सिंगापुर : अघोषित फाइनल, जित्ने टिम पुग्नेछ ग्लोबल क्वालिफायर
Photo Credit : Raman Shiwakoti

काठमाडौं : नेपाली क्रिकेटका लागि भोलीको दिन एउटा छुट्टै दिन हुनेछ। अन्य दिन भन्दा फरक। यस दिनको एउटा नतिजाले नेपाली क्रिकेटको यात्रा तय गर्नेछ, टी २० फर्म्याटमा।  

आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत अन्तिम खेलमा नेपालले सिंगापुरसँग आइतवार प्रतिस्पर्धा गर्दैछ।

सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि सिंगापुरमा भइरहेको क्वालिफार एउटा खुड्किलोको रुपमा रहेको छ। यस क्वालिफायरको विजेता टिम विश्वकपको लागि मुख्य छनोटकोको रुपमा रहेको ग्लोबल क्लिफायरमा पुग्नेछ।

नेपाललाई जस्तै सिंगापुरको क्रिकेटको लागि पनि भोलीको दिन महत्वपूर्ण छ। एउटा जित/हारको भविष्यको यात्रा तय गर्नेछ।

एसियाको पाँच राष्ट्र सहभागि एसिया फाइनलबाट विजेता टिम मात्र ग्लोबल क्वालिफायर पुग्ने भएकोले लिगको अन्तिम खेल निकै महत्वका साथ हेरिएको छ।

नेपाल र सिंगापुरबाहेक अन्य तीन टिम कतार, कुवेत र मलेसिया शीर्ष स्थानको होडबाट बाहिरिसकेका छन्। अब घरेलु टोली सिंगापुर र नेपाल मात्र विजेताको दाबेदारको रुपमा छ। अहिले सिंगापुर ३ खेलबाट अपराजित रहँदै ५ अंका साथ शीर्ष स्थानमा छ भने ३ मध्ये २ खेल जितेको नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ।

प्रष्ट छ नेपालले विजेता बन्नको लागि सिंगापुराई पराजित गर्नैपर्नेछ। टाई अथवा वर्षाका कारण खेलमा अंक बाँड्नुपरे नेपालको ग्लोबल क्वालिफायर यात्रा सकिनेछ। त्यसैले जित नै नेपालको लागि एक मात्र विकल्पको रुपमा रहेको छ।

क्वालिफायरअघि माथिल्लो वरीयतामा रहेको र अन्ष राष्ट्रको तुलनामा बलियो टोलीको रुपमा रहेको नेपाल पहिलो खेलमै कतारसँग अप्रत्यासित रुपमा पराजित भएपछि दबाबमा परेको थियो। तर त्यसपछि मलेसिया र कुवेतलाई पराजित गर्दै नेपालले आफ्नो ट्रयाक समातिसकेको छ। अब एक जितले नेपाललाई ग्लोबल क्वालिफायर पुर्‍याउनेछ। उता घरेलु टोली सिंगापुरले कतार र मलेसियालाई पराजित गर्दा कुवेत विरुद्ध अंक बाँडेको थियो। वर्षाले खेल रद्ध भएपछि सिंगापुरले अंक बाँडेको छ।

तुलनात्मक रुपमा नेपाल सिंगापुरभन्दा अनुभवी र बलियो टोली हो। एक पटक टी २० विश्वकप समेत खेलिसकेको नेपाल अहिले टी २० आई वरीयतामा ११औं स्थानमा छ भने सिंगापुर २३औं स्थानमा छ। सिंगापुर घरेलु मैदानमा अपराजित रहँदै पहिलो पटक ग्लोबल क्वालिफायर पुग्न चाहन्छ। नेपालले सिंगापुरको अपराजित यात्रा तोड्दै युएईको टिकट काट्ने लक्ष्य बनाएको छ।

तर नेपाललाई एउटा डरको रुपमा मौसम रहेको छ। यदी वर्षाका कारण खेल प्रभावित भए वा रद्ध भए त्यसको असर नेपाललाई पर्नेछ। सिंगापुरले नेपालसँग हार मात्र टारे पनि विजेता बन्नेछ भने नेपाल खाती हात फर्कन बाध्य हुनेछ। त्यसैले नेपाललाई कतै प्राकृतिक विषयले नै असर गर्छ कि भन्ने डर पनि छ। नेपालले मलेसिया विरुद्धको खेल पनि वर्षाले प्रभावित भएपछि ९-९ ओभरको खेलेको थियो। वर्षा नभएमा भने नेपाल २० ओभर खेलेरै सिंगापुरलाई हराउने योजनामा छ।

एसिया फाइनल क्वालिफायरअघि भएको एसियाको रिजन क्वालिफायरमा नेपाल र सिंगापुर एउटै समूहमा परेपनि वर्षाका कारण खेल रद्द भएको थियो। उक्त समयमा खेलको नतिजा समेतले नेपाललाई असर गर्ने थिएन। तर अहिलेको अवस्था अली फरक रहेको छ।


हेड टु हेड: नेपाल भर्सेस सिंगापुर

नेपाल र सिंगापुरबीच अहिलेसम्म भएको टी २० नेपाल पराजित भएको छैन। टी २० मा नेपालले सिंगापरसँग ३ पटक खेलेको ५। दुई पटक जित हात पार्दा एक खेल भने वर्षाले रद्ध भएको थियो।

सन् २००९ को एसीसि टी २० कपको प्लेअफमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो।

यस्तै २०१३ मा काठमाडौंमा भएको एसीसी टी २० कपमा नेपालले सिंगापुरलाई १२१ रनको अन्तरले हराएको थियो। उक्त खेलमा विनोद भण्डारीको अर्धशतकमा नेपालले २१० रन बनाएको थियो। जवाफमा सिंगापुर १५.१ ओभरमा ८९ रनमा अलआउट भएको थियो। उक्त खेल खेलेका कप्तान पारस खड्कासहित शरद भेषावकर, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र प्रदिप ऐरी अहिले पनि टिममा छन्।

त्यसबेहक अहिले नेपाली टिममा सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी जस्ता त्कृष्ट युवा खेलाडीहरु थपिएका छन्।

यही युवा खेलाडी मिश्रित नेपाली टिमले मलेसियामा भएको टी २० विश्वकप एसिया सव रिजन क्वालिफायरमा पनि सिंगापुरसँग खेलेको थियो। तर वर्षाले खेल पूरा हुन पाएन।

 

२००९ एसीसी टी-२० (प्लेअफ) : नेपाल ९ विकेटले विजयी

२०१३ एसीसी टी-२० : नेपाल १२१ रनले विजयी

२०१८ टी२० विश्वकप क्वालिफायर (एसिया सव रिजन) : खेल रद्द



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell