PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कुमार पौडेलको हत्या छानबिनका लागि संसदीय समिति नबनाए राजपाले संसद अवरुद्ध गर्ने



कुमार पौडेलको हत्या छानबिनका लागि संसदीय समिति नबनाए राजपाले संसद अवरुद्ध गर्ने

काठमाडौं: नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या सम्बन्धी छानविन गर्न संसदीय समिति नबनाए राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले सोमवारसम्म पौडेल हत्यासम्बन्धी छानविन गर्न संसदीय समिति बनाउन अल्टिमेटमसमेत दिएका छन्। भोलि सोमवार प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि संसदीय समिति गठन गर्न उनले अल्टिमेटम दिएका हुन्। संसदीय छानविन समिति गठन नगरेसम्म सदन चल्न नदिने उनले चेतावनी दिए।

आइतवार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा सर्लाही संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको भन्दै उनले त्यसका लागि संसदीय समिति गठन गर्न माग गरे।

‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन्। भोलि (सोमवार) सम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं,’ उनले भने।

सर्लाहीमा असार ५ गते विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेलको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। गृहमन्त्रालयले पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो गोली हानाहानमा भएको दाबी गर्दै आएको छ।

त्यस्तै असार १५ गते बालुवा निकालिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भए पनि स्थानीयले गरेको प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागि अर्का युवाको मृत्यु भएको थियो।

सर्लाही, ईश्वरपुर–१३ का १२ वर्षीय अमित रायको मृत्युको विरोधमा प्रदर्शन गरिरहेका सर्वसाधारणमाथि प्रहरीले गोली चलाउँदा सरोजनारायण महतोको मृत्यु भएको थियो। यो घटनाको छानविनका लागि पनि संसदीय समिति गठन गर्न राजपा नेपालले माग गरेको छ।

यसअघि पनि संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले यी दुई घटनालाई छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गरेका थिए

सम्बन्धित समाचार

सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन

प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell