PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१३ लाख चोरी गरेर फरार युवक विराटनगरमा पक्राउ



१३ लाख चोरी गरेर फरार युवक विराटनगरमा पक्राउ

विराटनगर : विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर-१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका- १ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको हो।

पक्राउ परेका कामतको साथबाट नगद रु तीन लाख ८१ हजार र चोरीको रकमबाट खरिद गरिएको रु एक लाख पाँच हजार पर्ने एक थान सामसुङ मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजले बताए। कामतले यही साउन ७ गते उक्त रकम चोरी फरार रहेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell