PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

१३औं सागको तयारी भोलिदेखि, कहाँ-कहाँ हुनेछ प्रशिक्षण?



गोविन्दराज नेपाल

१३औं सागको तयारी भोलिदेखि, कहाँ-कहाँ हुनेछ प्रशिक्षण?

काठमाडौं : नेपालमा आगामी मंसिरमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षण भोलीदेखि सुरु हुने भएको छ।

तेस्रो पटक मिति तय भएको १३औं साग मंसिर १५ देखि २४ गतेसम्म नेपालको दुई प्रमुख शहर काठमाडौं र पोखरामा हुँदैछ।

त्यसैका लागि गत चैत-बैशाखमा नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले जानकारी दिए। सिलवालका अनुसार बिहीबारदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि अहिले नै खेलाडीको पूर्ण तथ्यांक नआएको तर एक हजार देखि १२ सय सम्म खेलाडी बन्द प्रशिक्षणमा रहनेछ।

उनले केही खेलका खेलाडीहरुलाई देश भित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पनि पठाइएको बताए। बन्द प्रशिक्षणमा पहिलो चरणमा मेडल जितेका खेलाडीहरुलाई बोलाइएको पनि बताए।

यस्तै निवर्तमान सदस्यसचिव केशव कुमार विष्टले १३औं सागअघि राखेप च्याम्पियनसिप गर्ने बताएका थिए। तर साग आउन अब करिब ४ महिना मात्र बाँकी रहेको अवस्थामा राखेपले उक्त च्याम्पियनसिप नगर्ने सम्भावना बढेको छ।

साग तेस्रो पटक नेपालमा आयोजना हुन लागेको हो। १३औं सागमा विभिन्न २७ खेल समावेश हुनेछ। जसमा नेपालबाट ६ सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्, ३ सय ३० पुरुष र ३ सय १४ महिला खेलाडी हुने छन्।

यस्तै उक्त खेलहरुको बन्द प्रशिक्षण हुने स्थानको समेत लगभग टुंगो लागेको छ।

 

कुन खेलको प्रशिक्षण कुन ठाउँमा?

१. आर्चरी : पोखरा

२. एथ्लेटिक्स : आर्मीको मैदान लगनखेल र टुँडिखेल (एथ्लेटिक्स संघले दाङको बेलझुण्डी जाने भनेर माग गरे हामी पठाउन तयार रहेको राखेपको भनाई)

३. ब्याडमिन्टन : दशरथ रंगशाला

४. बक्सिङ : थाइल्याण्ड

५. फेन्सिङ : महाराजगञ्ज

६. जुडो : खुशिबु, नयाँ बजार

७. कराते : सातदोबाटो कराते हल

८.सुटिङ : सुटिङरेञ्ज

९. स्क्वास : सातदोवाटो स्क्वास हल

१०. पौडी : कालोपूल (केही खेलाडी विदेशमा)

११. टेबल टेनिस : लैनचौर

१२. तेक्वान्दो : सातदोबाटो

१३. टेनिस : सातदोबाटो

१४. भारत्तोलन : रंगशाला

१५. ट्रायथलन : लगनखेल

१६. उसु : रंगशाला

१७. कुस्ती : हेटौंडा

१८. प्याराग्लाईडिङ : पोखरा

१९. साईक्लिङ : गोकर्ण

२०. भलिबल : त्रिपुरेश्वर र लगनखेल

२१. फुटबल : एन्फा कम्प्लेक्स, सातदोबाटो

२२. ह्याण्डबल : पोखरा

२३. क्रिकेट :  मुलपानी (महिला क्रिकेट) पुरुष भर्खरै प्रतियोगिता खेलेर फर्किएको छ, एक-दुई दिनमा तय हुने।

२४. बास्केटबल : धरान

२५. खोखो : बर्दिया

२६. कबड्डी : तालिमकेन्द्र/ महाराजगञ्ज

२७. गल्फ : काठमाडौं

 

१३औं सागमा कुन प्रतियोगिता कहाँ हुने?

काठमाडौं

१. टेबल टेनिस

२. फुटबल पुरुष: रंगशाला

३. एथ्लेटिक्स: रंगशाला

४. ब्याडमिन्टन: रंगशाला

५. बास्केटबल: रंगशाला

६. कबड्डी: भृकुटीमण्डप

७. खोखो: भृकुटीमण्डप

८. गल्फ: गोकर्ण

९. क्रिकेट: मुलपानी र टियू मैदान

 

ललितपुर

१. कराते: ललितपुर

२. बक्सिङ: सातदोबाटो

३. तेक्वान्दो: सातदोबाटो

४. कुस्ती: सादोबाटो

५. उसु: लगनखेल

६. जुडो: लगनखेल

७. सुटिङ: सातदोबाटो

८. स्क्वास: सादोबाटो

९. लन टेनिस: सातदोबाटो

 

पोखरा

१. ट्रायाथलन

२. भलिबल

३. ह्याण्डबल

४. आर्चरी

५. वेटलिफ्टिङ

६. भारत्तोलन

७. फुटबल (महिला)

८. प्याराग्लाईडिङ

 

काठमाडौं, ललितपुर र भक्तपुर

१. साईक्लिङ (कुपण्डोल, कोटेश्वर भक्तपुर)

 

खेल स्थल तय नभएको

१. फेन्सिङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell