PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

झापा बिर्तामोडस्थित वडा कार्यालयमा बम विष्फोट



झापा बिर्तामोडस्थित वडा कार्यालयमा बम विष्फोट

सुरुंगा: अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ। बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४:३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

इन्स्पेक्टर सुनिल श्रेष्ठका अनुसार गारामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएका छन्। विष्फोट गराउनेको पहिचान नभएको इन्स्पेक्टर श्रेष्ठले बताए। घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको इन्स्पेक्टर श्रेष्ठको भनाइ छ। बम विष्फोटबाट कार्यालयको बाहिरी भौतिक संरचनामा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीले बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell