PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

इदको अवसरमा दोहामा गुञ्जियो नेपथ्य



इदको अवसरमा दोहामा गुञ्जियो नेपथ्य

दोहामा नेपाली लोक पप ब्यान्ड नेपथ्यको कन्सर्ट सम्पन्न भएको छ। मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व 'इद अल अदा' का दिन दोहाको 'एशियन टाउन एम्पिथिएटर'मा कन्सर्ट गरिएको थियो।
 
कार्यक्रममा नेपथ्यका अमृत गुरुङले नेपालका बहुसाँस्कृतिक विविधताको चर्चा गर्दै  इद र जनैपूर्णिमाको शुभकामना समेत दिएका थिए। 

कन्सर्टमा नेपथ्यले आफ्नो चर्चित गीतहरु 'छेक्यो छेक्यो', 'शिरफूल शिरैमा', 'लामपाते सुरती', 'मै मरि जाउँला जीवन छोट्टो छ', 'चरि मर्‍यो', 'जोमसोमे बजारमा','रेशम' लगायतका गीतहरु प्रस्तुत गरेका गिए। 
गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell