PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चलचित्र पत्रकारहरुका लागि पोखरामा कार्यशालाको तयारी



चलचित्र पत्रकारहरुका लागि पोखरामा कार्यशालाको तयारी

नेपाल चलचित्र पत्रकार संघले तीन दिने कार्यशाला आयोजना गर्ने भएको छ।

नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्यमा चलचित्र पत्रकारिता कार्यशाला आयोजना गर्न लागेको हो। पोखरामा आयोजना हुने कार्यशालामा चलचित्र विधासँग जोडिएका वा सोही क्षेत्रमा काम गर्दै आएको सहभागी हुने बताइएको छ।

यही भदौ १८, १९ र २० गते हुने कार्यशालामा सहभागी हुन इच्छुकले भदौ १० गतेसम्ममा आवेदन भर्न पर्नेछ। कार्यशाला सहभागिता शूल्क एक हजार पाँच सय रहेको संघले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

कार्यशालामा चलचित्र आचार संहिता तथा मिडिया कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता,पर्यटन र फिल्म, चलचित्र पत्रकारिता हिजो र आज, फोटो र मल्टिमिडिया लगायत विषयमा कार्यशाला हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell