PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

पाकिस्तानी स्वतन्त्रता दिवसमा कश्मीरप्रतिको ऐक्यवद्धता, आजाद कश्मीरको संसदलाई प्रधानमन्त्री खानले सम्बोधन गर्ने



पाकिस्तानी स्वतन्त्रता दिवसमा कश्मीरप्रतिको ऐक्यवद्धता, आजाद कश्मीरको संसदलाई प्रधानमन्त्री खानले सम्बोधन गर्ने
फोटो: dawn.com

काठमाडौं: पाकिस्तानले आज स्वतन्त्रता दिवस मनाइरहेको छ। यस वर्ष पाकिस्तानले आप्नो स्वतन्त्रता दिवस कश्मीरप्रति ऐक्यवद्धतासहित मनाइरहेको छ। यसैक्रममा पाकिस्तानी प्रधानमन्त्री मुजफ्रावाद पुगेको को पाकिस्तानी समाचार संस्था डन न्यूजले जनाएको छ।

स्वतन्त्रता दिवस मनाउने क्रममा कश्मीरप्रतिको ऐक्यवद्धता जाहेर गर्न पाकिस्तानी नेताहरु आजाद जम्मू-कश्मीरको राजधानी पुगेका हुन्।

प्रधानमन्त्री इमरान खानसँगै विदेश मन्त्री शाह मोहमुद कुरेशी पनि त्यहाँ पुगेका छन्। त्यस्तै पाकिस्तानको विपक्षी दल पिपल पार्टी अफ पाकिस्तान (पीपीपी)का अध्यक्ष विलावल भुट्टो पनि आइतवार नै आजाद जम्मु-कश्मीरको राजधानी पुगेका हुन्। उनीहरुले आइतवार साँझ इदिलुल-अजा त्यहाँ मनाउँदै कश्मिरी जनताप्रति ऐक्यवद्धता जाहेर गरेका हुन्।

यसैबीच आजै आजाद जम्मु-कश्मीरको संसदको विशेष सदन बोलाइएको छ। पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा बोलाइएको विशेष सदनमा पाकिस्तानी प्रधानमन्त्री खानले विशेष सम्बोधन गर्ने पाकिस्तानको सरकारी रेडियो पाकिस्तान रेडियोले जनाएको छ।

बैठकमा उनले भारत नियन्त्रित कश्मीरका जनताप्रति ऐक्यवद्धता जनाउने बताइएको छ। त्यस्तै मुजफ्रावादमा उनले आजाद जम्मु-कश्मीरमा रहेका राजनीतिक दलहरुको सर्वपक्षीय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

पाकिस्तानले जम्मू-कश्मीरलाई भारतले विशेष दर्जा खारेज गरेको दुई दिनपछि बसेको राष्ट्रिय सुरक्षा कमिटीको बैठकबाट यस वर्षको स्वतन्त्रता दिवस कश्मीरप्रति ऐक्यवद्धताको रुपमा मनाउने निर्णय गरेको थियो। त्यस्तै पाकिस्तानले भारतको स्वतन्त्रता दिवस अगस्ट १५ लाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ।

पाकिस्तानमा स्वतन्त्रता दिव मनाइरहँदा देशभर पाकिस्तान र कश्मीरको झण्डा फहराइएका छन्। त्यस्तै पाकिस्तान यस वर्षको स्वतन्त्रता दिवशका लागि छुट्टै लोगो तयार गरेको छ। जसले कश्मीर पाकिस्तान बन्छ भन्ने सन्देशसहित कश्मीरलाई रातो अक्षरमा लेखिएको छ।

यसपटकको स्वतन्त्रता दिवस मनाउन महिला र पुरुषका लागि हरियो र सोतो रंगका पहिरनको डिजाइन गरिएको छ।

यसैबीच स्वतन्त्रता दिवसमा सन्देश दिँदै पाकिस्तानी राष्ट्रपति डा अरिफ अल्भीले पाकिस्तान सँधै कश्मीरको साथमा उभिने बताएका छन्।

'हामीले उनीहरुलाई कुनै पनि कदममा एक्लै छाड्ने छैनौँ,' राष्ट्रपति अल्भीले भनेका छन्, 'कश्मिरीहरु हाम्रा जनता हुन्। कश्मिरीहरुको पीडा हामीलाई दुख्छ। हामी उनीहरुसँग आज छौँ। भोली पनि रहनेछौँ।'

इस्लामावादमा आयोजित एक कार्यक्रममा कश्मीरमा पक्राउ परेका नेता मोहम्मद यासिन मलिककी पत्नी मशाल मलिक पनि राष्ट्रपतिसँगै पुगेकी थिइन्।

यसैबीच पाकिस्तानले कश्मीरको विषयमा छलफल गर्न राष्ट्र संघको सुरक्षा परिषदको विशेष बैठक आह्वान गर्न आह्वान गर्दै पत्राचार गरेको छ। राष्ट्र संघका लागि पाकिस्तानी नियोग प्रमुखले पत्राचार गर्दै विशेष बैठक आह्वान गर्न आग्रह गरेका हुन्।

भारतले कश्मीरमा ७ लाख सैनिक तैनाथ गर्दै थप हिंसा र नरसंहार मच्चाउन खोजेको आरोप पाकिस्तानले लगाएको छ।
पुलवामा जस्तै अर्को नरसंहार गर्दै भारतले अन्तर्राष्ट्रिय समुदायको ध्यान भड्काउन सक्ने भन्दै यस विषयमा छलफल गर्न विशेष सत्र बोलाउन माग गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell