PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

उच्च अदालत पोखराका न्यायाधीश अधिकारीद्वारा राजीनामा, 'दिनहुँ तारिख धान्न सक्दिनँ'



उच्च अदालत पोखराका न्यायाधीश अधिकारीद्वारा राजीनामा, 'दिनहुँ तारिख धान्न सक्दिनँ'

काठमाडौं: उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन्। अधिकारीले आइतबार (हिजो) न्याय परिषदमा राजीनामा बुझाएका हुन्।

गोर्खा ब्रुअरीको कर प्रकरणमा परिषद्ले अधिकारीसहित नरबहादुर शाही र रामचन्द्र यादवलाई काजमा राखेको थियो।

न्याय परिषद्का पूर्व सचिवसमेत रहेका उनले छानबिन समितिलाई आफ्नो धारणा राखेर काम छाडेको बताए। अधिकारीले भने, 'दिनहुँ तारिख धान्न म सक्दिनँ। मेरो करिअरबारे धेरैलाई थाहा छ। छानबिन समितिलाई आफ्नो धारणा राखेर मैले छाडेँ।'

कर प्रकरणमा न्यायाधीश सपना मल्लको नेतृत्वमा छानबिन समिति बनेको थियो। उक्त समितिलाई बयान दिएसँगै अधिकारीले राजीनामा बुझाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell