PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

भारतबाट अवैध रुपमा भित्र्याइएका एक सय ४० खसी सशस्त्रको नियन्त्रणमा



भारतबाट अवैध रुपमा भित्र्याइएका एक सय ४० खसी सशस्त्रको नियन्त्रणमा

राजापुर : बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ।

भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना ६ ख ९४९२ नम्बरको ट्रकसहित १४० वटा खसी प्रहरीले आज नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए।

पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध रूपमा बिना भन्सार भारतीय खसीहरू छिराएर काठमाडौँसम्म पुर्‍याउने गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell