PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

युट्युबले गर्‍यो गलत सूचना दिने २१० च्यानल बन्द



युट्युबले गर्‍यो गलत सूचना दिने २१० च्यानल बन्द
फोटो : Getty Images ।

सनफ्रान्सिस्को : युट्युबले गलत सूचना प्रवाह गरेको भन्दै चीनमा २१० युट्युब च्यानलहरु बन्द गरेको बताएको छ। युट्युबले हङकङमा भइरहेको विरोध प्रदर्शनको बारेमा गलत सूचना दिन आफ्नो वेबसाइट प्रयोग गरेको भन्दै यो हप्ता ती च्यानलहरु बन्द गरेको जानकारी बिहीवार ब्लग पोष्टमार्फत दिएको छ।

गुगल कम्पनीको स्वमित्व रहेको युट्युबले ब्लगमा भनेको छ, 'यस्ता च्यानलहरुले हङकङमा भइरहेको विरोध प्रदर्शनको बारेमा गलत सूचना दिने भिडियोहरु राखेका थिए।'

ट्वीटर र फेसबुकले त्यस्ता गलत सूचना दिने सयौँ अकाउन्टहरु बन्द गरेको केही दिनपछि युट्युबले यस्तो कदम चालेको हो। चीनमा खोलिएका यस्ता अकाउन्टहरुमा प्रदर्शनकारीलाई आतंककारीको संज्ञा दिइएको थियो।

ट्वीटरले भनेको छ, 'यो कार्य चीन सरकारबाट समन्वय गरिएको हो भन्ने हामीसँग प्रशस्त प्रमाणहरु छन्।'

ती च्यानलहरु कहिले बन्द गरिए भनेर युट्युबले खुलाएको छैन। हङकङको विरोध प्रदर्शनबारे गलत सूचना दिएकोमा च्यानल बन्द गरिएको यो पहिलो पटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell