PahiloPost

Oct 14, 2024 | २८ असोज २०८१

सानेपाको सहमति 'फाइनल' नहुँदा देउवा निवास बुढानिलकण्ठमा छलफलमा जुट्दै कांग्रेस नेताहरु



सानेपाको सहमति 'फाइनल' नहुँदा देउवा निवास बुढानिलकण्ठमा छलफलमा जुट्दै कांग्रेस नेताहरु

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेका १४ वटा एजेन्डालाई अन्तिम रुप दिन पार्टीका नेताहरु अहिले सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा भेला भएका छन्।

असार २२ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलवार प्रस्तावित १४ वटै एजेन्डा सर्वसम्मतिका साथ पारित गर्दै सकिएको थियो।

दोस्रो राष्ट्रिय जागरण अभियानको सँघारमा रहेको कांग्रेसले केन्द्रीय समितिबाट नेविसंघलगायत विभिन्न भातृ संगठन, केही जनसम्पर्क समितिलाई महाधिवेशन सकाउने गरी ६ महिनाको म्याद दिने सहमति गरेको थियो।

यही विषयमा सहमति नजुट्दा नेताहरु देउवा निवास पुगेका हुन्। दोस्रो राष्ट्रिय जागरण अभियानको घोषणा र केन्द्रीय समितिले गरेका निर्णयहरु आज सार्वजनिक गरिने भनिए पनि अहिलेसम्म कांग्रेसले केही तयारी गरेको छैन। सहमति नजुट्ने देखिएपछि जागरण अभियान घोषणा कार्यक्रम भोलिमात्र गर्ने तयारी भएको छ।

नेताहरु छलफलमा जुटेकाले आजै केन्द्रीय समितिको निर्णय सार्वजनिक हुने सम्भावना टरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। तर पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने केन्द्रीय समितिको निर्णय आजै सार्वजनिक गर्ने तयारी रहेको दाबी गरे।

'केन्द्रीय समितिको निर्णय आजै जारी गर्ने तयारी छ। पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतले निर्णय सार्वजनिक गर्नुहुन्छ', पहिलोपोस्टसँग प्रवक्ता शर्माले भने। 

देउवा निवासमा सहमति जुटेपछिमात्र केन्द्रीय समितिले गरेको निर्णय परिमार्जनसहित सार्वजनिक गरिने एक नेताले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell