
भारतको चर्चित कमेडी कार्यक्रम 'द कपिल शर्मा शो' हेर्नुहुन्छ भने त्यसमा अभिनय गर्ने बच्चा यादवलाई पनि तपाईं पक्कै चिन्नु हुन्छ।
मोटो र ठाडो टुप्पीका साथ स्टेजमा आएर अनेक चुटकिला सुनाउने बच्चा यादवको भूमिका किकु शारदाले निर्वाह गर्दै आएका छन्।
कार्यक्रमको सुटिङबाट बिदा मनाउनका लागि भनेर कमेडियन किकू शारदा यतिबेला इन्डोनेसियाको बाली भम्रणमा छन्।
बालीमा रहेका शारदाले आफ्नो ट्वीटरमा त्यहाँ खाएको एक कप क्यापुचिनो र एक कप चियाको बिल सार्वजनिक गरेपछि भारतीय सञ्चारमाध्यममा सो बिलको व्यापक चर्चा भइरहेको छ।
शारदाले खाएको एक कप क्यापुचिनो कफी र एक कप चियाको बिल ७८ हजार ६५० इन्डोनेसियाली रुपैयाँ आएको उनले सार्वजनिक गरेका छन्।
यो त अति मात्र होइन अत्याचार नै भयो नि है।
तर, शारदाले भने बिलमा आएको सो रकमको बारेमा कुनै गुनासो गरेनन्। बरु बिल तिर्दा भने उनले क्यापुचिनो र चियाको लागि उनले जम्मा जम्मी ४०० भारतीय रुपैयाँ मात्र तिरे।
My bill for 1 cappuccino and 1 tea is 78,650/- ,,,,,,, but I am not complaining 😜 as I am in Bali , Indonesia and this amount in their currency converts to ₹ 400/- in Indian currency #mehengaayee pic.twitter.com/rB6U6YgVnN
— kiku sharda (@kikusharda) September 3, 2019
यो पनि त अति नै भयो नि ! तर यसको कारण भने यस्तो थियो। ७८ हजार ६५० इन्डोनेसियाली रुपैयाँलाई भारतीय रुपैयाँमा सटही गर्दा करिब ४०० रुपैयाँ मात्र हुन आउँछ।
अहिले भारतको एक रुपैयाँ बराबर इन्डोनेसियाको १९७ रुपैयाँ हुन आउँछ।
यससँगै शारदाको ठट्टा शैलीमा गरेको ट्वीट भाइरल भएको हो। यता उनका ट्वीटर फलोअर्सले भने ४०० रुपैयाँ पनि महँगो भएको भन्दै कमेन्ट गरिरहेका छन्।
केही समयअघि बलिउड अभिनेता राहुल बोसले ट्वीटरमा भारतको चन्डीगढमा रहेको जेडब्लयू मेरियटमा दुईवटा केराको साढे ४४२ रुपैयाँको बिल तिरेको सार्वजनिक भएपछि महँगा होटलमा तिर्नुपर्ने बिल रकमको चर्चा सुरु भएको थियो। उनले सो बिल सार्वजनिक गरेपछि एक्साइज र कर विभागले सो होटलमाथि २५ हजार रुपैयाँ जरिवाना गरेको थियो।
You have to see this to believe it. Who said fruit wasn’t harmful to your existence? Ask the wonderful folks at @JWMarriottChd #goingbananas #howtogetfitandgobroke #potassiumforkings pic.twitter.com/SNJvecHvZB
— Rahul Bose (@RahulBose1) July 22, 2019