PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सर्वोच्चले खोल्यो ओलम्पिक कमिटीको निर्वाचनको बाटो



सर्वोच्चले खोल्यो ओलम्पिक कमिटीको निर्वाचनको बाटो

काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन गर्ने बाटो खुलेको छ। आज सर्वोच्च अदालतले भदौ १७ गते एनओसीको कार्यसमिति चुनाव रोक्न दिएको अल्पकालिन आदेशलाई निरन्तरता नदिएसँगै अब निर्वाचन प्रक्रिया सुरु हुने भएको छ।

आज तेजबहादुर केसी र डा मनोज शर्माको इजलासले पहिले निर्वाचन रोक्न दिएको आदेशलाई निरन्तरता नहुने आदेश गरेको हो।

सर्वोच्च अदालतले निर्वाचन रोक्न आदेश दिएसँगै भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन हुन सकेको थिएन। 

सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell