PahiloPost

May 27, 2024 | १४ जेठ २०८१

पेस्तोल देखाएर धम्की दिने एक जना पक्राउ 



पेस्तोल देखाएर धम्की दिने एक जना पक्राउ 

सिराहा : पेस्तोल देखाइ धम्की दिने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विष्णुपुर गाउँपालिका-४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादवलाई १ थान सिक्सर पेस्तोलसहित मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

यादवले पेस्तोल देखाई घरपरिवारलाई धाकधम्की दिई घरमा तोडफोड गरेर भाग्न खोजेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिराहा, ईलाका प्रहरी कार्यालय विष्णुपुर र प्रहरी चौकी बेल्हाबाट खटिएको संयुक्त टोलीले उनलाई पेस्तोल सहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell