PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त



ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त
फोटो :THE NEWYORKTIMES

वासिङ्टन :  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्।

अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु संकटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक देखिएकाले ट्रम्पले यस्तो निर्णय लिएको अनुमान गरिएको छ।

बोल्टनका नीतिसँग आफू असहमत रहेको भनाई राख्दै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै लेखेका छन्, 'मैले जोनलाई राजीनामा दिन भनेको थिएँ, उहाँले आजै बिहान राजीनामा बुझाउनुभयो।'

तीन वर्षको अवधिमै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो फेरबदल गरेका हुन्। राष्ट्रपति ट्रम्पले अर्को साता नयाँ सल्लाहकार नियुक्त गर्ने बताएका छन्।

पदबाट बर्खास्त हुनुअघि सल्लाहकार बोल्टनले अर्कै प्रसङ्गमा ह्वाइट हाउसमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो। राष्ट्रपतिबाट पदच्यूत भएपछि उनले आफूलाई ट्रम्पले बर्खास्त नगरेको बरु आफैंले राजीनामा दिएको दाबी गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell