PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कावासोती दुर्घटना पाँचै मृतकको पहिचान, बस पल्टँदा सात घाइते



कावासोती दुर्घटना पाँचै मृतकको पहिचान, बस पल्टँदा सात घाइते

कावासोती: नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टाको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा देवचुली नगरपालिका–१ केउरेनीका दीपक भन्ने पूर्णबहादुर विक, देवचुली–५ का दिलबहादुर ढेँगामगर, देवचुली नगरपालिका–१० का दिपेश राना, सोही ठाउँमा घर भएका हीरा राना र कैलाली धनगढी–११ का सुरज रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इन्स्पेक्टर राजेन्द्र अधिकारीले जानकारी दिए।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार राति करिब सवा १० बजेको समयमा लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कारसँग ठोक्किँदा कारमा रहेका सबै पाँच जनाको मृत्यु भएको थियो।

नवलपरासीकै मध्यबिन्दु नगरपालिका–१० मा सोमबार राति नै दाङबाट काठमाडौँका लागि छुटेको ना ७ ख ८६ ४२ बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। दुर्घटनामा १५ जना घाइते भएका छन्। यस्तै आज बिहान करिब ४:४० बजेको समयमा नवलपरासीको चोरमारामा ना ४ ख ९५ १० नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा ७ जना घाइते भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell