PahiloPost

Nov 13, 2019 | २७ कात्तिक २०७६

शल्यक्रिया गर्दा पाल्पामा सुत्केरी महिलाको मृत्यु



शल्यक्रिया गर्दा पाल्पामा सुत्केरी महिलाको मृत्यु

पाल्पा : पाल्पाको युनाइटेड मिसन अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ। 

मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगकी २४ वर्षीया विपीन्द्र सूयवंशी रहेकी छन्। अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए। गएराति ११ बजेतिर उनको मृत्य भएको हो।

तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ। सामान्य रूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो।

मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो। श्रीमान् केशर सूर्यवंशीका अनुसार शल्यक्रियापछि राति धेरै पटक छटपटाइ भयो, छटपटाइबाट अक्सिजनको नली हट्यो। नर्सहरुले अक्सिजन जडान गर्न नसक्दा समस्या भएको आफन्तको दाबी छ। रासस



शल्यक्रिया गर्दा पाल्पामा सुत्केरी महिलाको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell