PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खाद्य संस्थानले आजदेखि बेच्न थाल्यो खसी र च्याङग्रा, मूल्य बाहिरभन्दा सस्तो

खाद्य संस्थानले आजदेखि बेच्न थाल्यो खसी र च्याङग्रा, मूल्य बाहिरभन्दा सस्तो


काठमाडौं: नेपाल खाद्य संस्थानले सोमवारदेखि खसी र च्याङग्रा बेच्न थालेको छ। संस्थानले निजी क्षेत्रले बेचेभन्दा खसी किलोको ७० रुपैयाँ र च्याङग्रा ३० रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ।

संस्थानको सोमवार बसेको बैठकले जिउँदो खसीको मूल्य किलोको ५ सय ५० रुपैयाँ र च्याङग्रा किलोको ७ सय ३० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको हो। व्यवसायीले जिउँदो खसीको मूल्य किलोको ६ सय २० रुपैयाँ र च्याङग्रा ७ सय ६० रुपैयाँमा बेचिरहेका छन्। संस्थानले जिउँदो खसीको मूल्य किलोको ५ सय ६० रुपैयाँ र च्याङग्रा ७ सय ४० रुपैयाँ तोकेको थियो।

यो मूल्यमा सरकारले १० रुपैयाँ अनुदान दिएका कारण थप सहुलियत भएको हो। संस्थानले दशैंमा ३ हजार खसी/च्याङग्रा ल्याएर बिक्री गर्दै आएको छ। मूल्य हस्तक्षेप गर्नका लागि संस्थानले खसी/च्याङग्रा ल्याएर बिक्री गरेको हो। संस्थानले खसी/च्याङग्रा बिक्री गरेकै कारण निजी व्यवसायीले अस्वाभाविक मूल्य निर्धारण गर्न पाउँदैनन्।

संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बजार भाउभन्दा सस्तोमा खसी र च्याङग्राको मूल्य तोकिएको बताए। उनले सरकारले व्यापार नगर्ने बताउँदै सांकेतिक रुपमा बजार हस्तक्षेप गरेको बताए।

‘हामीले घाटा खाएर भए पनि सांकेतिक रुपमा बजार हस्तक्षेप गरेका हौं’ उनले भने, ’हामीले सस्तो मात्रै होइन स्वस्थ खसी ल्याएका छौं।’ गौचनले संस्थानबाट किनेर बाहिर महँगोमा बिक्री गर्ने प्रवृत्ती रोक्न रेकर्ड राख्ने गरेको बताए।

संस्थानले हेटौंडा र दाङबाट खसी किनेर ल्याएको हो। गौचनका अनुसार हेटौंडाका किसानसँग किलोको ५ सय ७० रुपैयाँ र दाङका किसानबाट किलोको ५ सय ३५ रुपैयाँमा किनेर ल्याइएको हो।

संस्थानका अनुसार सोमबारसम्म ३७० खसी/बोका र ५५० च्याङ्ग्रा काठमाडौं आइसकेको छ। संस्थानका अनुसार बाँकी खसी र च्याङग्रा समेत बाटोमा रहेको र केही दिनभित्रै काठमाडौंमा आइपुग्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell