PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सांगीतिक माहोलबीच मञ्जुलको ‘सम्झनाका पाइलाहरू' सार्वजनिक



सांगीतिक माहोलबीच मञ्जुलको ‘सम्झनाका पाइलाहरू' सार्वजनिक

काठमाडौं: कवि, गीतकार तथा गायक मञ्जुलले गीतिको यात्रा संस्मरण 'सम्झनाका पाइलाहरू' पुन: प्रकाशित संस्करण सार्वजनिक भएको छ। आइतबार नेपालयको मासिक सांगीतिक कार्यक्रम 'पलेँटी'मा उनको रचना प्रस्तुतिसहित पुस्तक विमोचन भएको हो। कवि मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो यो पुस्तक जुन पहिलोपटक २०४४ सालमा प्रकाशित भएको थियो।

पलेँटीमा किताब लोकार्पण सँगै मञ्जुलको सांगीतिक यात्राको चर्चा समेत भयो। त्यहाँ उनले रचना गरेका 'कार्यशील जिन्दगी, बगिरहने नदी हो’,  ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू', 'मेरो सानो मुरलीमा मेरो देश नअट्ला' लगायत आठवटा गीतहरू प्रस्तुत भए।

कार्यक्रमको दोस्रो चरणमा कवि मञ्जुलले केही कविताहरू वाचन गरेका थिए। कविता वाचन पश्चात रघु पन्तले मञ्जुलको व्यक्तित्व र कृतिमाथि मन्तव्य राखे।

मञ्जुलको पलेँटीमा गायनतर्फ मीना निरौला, योगेन्द्र उपाध्याय र आभास तथा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए ।

अंग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको पलेँटीमा अर्को महिना सुमन थापा प्रस्तुत हुने भएका छन्। सुमन थापा संगीतमा गहिरो संलग्नता राख्ने नेत्र विशेषज्ञ हुन् । उनले आउँदो पलेँटीमा गीतकार श्रवण मुकारुङका गीत र आभासको संगीतलाई प्रस्तुत गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell