PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अभिनेत्री भुवन चन्ददेखि स्वस्तिमा खड्कासम्मलाई राष्ट्रिय नवदुर्गा सम्मान 



अभिनेत्री भुवन चन्ददेखि स्वस्तिमा खड्कासम्मलाई राष्ट्रिय नवदुर्गा सम्मान 

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै नौ जना अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान गरिएको छ।

रेजिना फिल्मस् प्रालि र सहिद फिल्मस् प्रालि को आयोजनामा प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सोमबार जमल नाचघरमा नौ जना अभिनेत्रीहरुलाई सम्मान गरेका थिए।

सम्मानित हुनेमा नेपालको पहिलो अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, रेखा थापा, दिपाश्री निरौला, सञ्चिता लुइँटेल, गौरी मल्ल, करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, स्वस्तिमा खड्का रहेका छन्।

अभिनेत्रीहरुलाई सम्मान गरेसँगै कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अञ्जली अधिकारी, निराज प्रधान, पवित्रा आचार्य लगायतले नृत्य प्रस्तुत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell