PahiloPost

Nov 28, 2024 | १३ मंसिर २०८१

गान्धी जयन्तीमा प्रधानमन्त्री ओलीले भने, 'गान्धीका विचार सरल, बुद्धका उपदेश जटिल बनाइए'



गान्धी जयन्तीमा प्रधानमन्त्री ओलीले भने, 'गान्धीका विचार सरल, बुद्धका उपदेश जटिल बनाइए'
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको उपदेशलाई जटिल बनाइएको बताएका छन्। महात्मा गान्धीको १५० औँ जयन्यतीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा ओलीले महात्मा गान्धीको विचारलाई जस्ताको तस्तै प्रचार गरिए पनि बुद्धका विचारलाई विभिन्न शाखा उपशाखा जोडेर जटिल बनाउँदै लगिएको बताए।

उनले भने, ‘महात्मा गान्धीका विचार सरल छन्। सबैले सहजै बुझ्ने खालका छन्। मौलिक तर बुद्धकै विचार उपदेशहरुलाई विभिन्न शाखा उपशाखामार्फत जटिल बनाइएको छ।’

उनले गान्धीबाट सत्यको आन्दोलनमार्फत नै असत्यमाथि विजय हासिल गर्न सकिन्छ भन्ने सन्देश पाउन सकिने बताए। प्रधानमन्त्री ओलीले गान्धीका विचार झनै सान्दर्भिक हुँदै गएको बताए।

उनले विश्वमा एकातर्फ शान्तिको सन्देश फैलदै गएको र एकतर्फ क्षेप्यास्त्रहरु बन्दै गइरहेको बताए।

उनले भने, 'दुनियाँ हिंसामुक्त हुन सकेको छैन। हिंसामुक्त बनाउन जरुरी छ। सबैलाई निर्भय ढंगले बाँच्न पाउने वातावरण बनाउन पर्छ। कुनै पनि देशलाई कसैले हस्तक्षेप गर्न हुँदैन।'

कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संसार गतिशिल भएकाले विचारलाई एकांकी रुपमा हेर्न नहुने बताए। उनले विगतका चिन्तकका विचार ग्रहण गर्नुपर्ने बताए।

एकाइसौँ शताब्दीमा महात्मा गान्धीको विचार अझै उपयोगी हुने उनले बताए। भट्टराईले आफू पनि आध्यात्मवादि चिन्तनलाई जोडेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारले गान्धीको विचारलाई नेपाली कांग्रेसले अपनाएको बताए। उनले गान्धीको विचारलाई नेपालीले सम्मान गर्ने गरेको बताए।

पूर्व राष्ट्रपति रामवरण यादवले महात्मा गान्धीका जस्तो मानिसको आवश्यकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell