PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

७४ वर्षीयाले जन्माइन् जुम्ल्याहा, बिहेको ५७ वर्षसम्म थिइन् सन्तानविहीन



७४ वर्षीयाले जन्माइन् जुम्ल्याहा, बिहेको ५७ वर्षसम्म थिइन् सन्तानविहीन

भारतको आन्ध्र प्रदेशस्थित गुंटुर शहरको एक अस्पतालमा बिहीवार बिहान एक ७४ वर्षीया महिलाले जुम्ल्याहा सन्तान जन्माएकी छन्

इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) प्रक्रियाको माध्यमबाट उनले अहल्या नर्सिङ होममा जुम्ल्याहा सन्तानलाई जन्म दिएको हुन्। पाको उमेरमा जुम्ल्याहा सन्तान पाउने उनी नै सबैभन्दा बढी उमेरकी महिला भएको बताइएको छ।

चार जना डाक्टरको टिमले शल्यक्रियामार्फत् सुत्केरी गराएका थिए। शल्यक्रियाको नेतृत्व गरेका डा उमाशंकरले अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन्। पूर्वी गोदावरी जिल्लाको नेललापतीर्पाडुकी मंगायम्मा बिहेको ५७ वर्षसम्म सन्तानविहीन थिइन्।

सन्तान भएपछि मंगायम्माका पति राजा राव एकदमै खुसी छन्। सन्तान नभएपछि मंगायम्मा र राजा रावले नर्सिङ होममा आइभीएफ विशेषज्ञसँग सम्पर्क गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell