PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नेपाली क्रिकेट टिम सिंगापुरबाट आज ओमान जाँदै



नेपाली क्रिकेट टिम सिंगापुरबाट आज ओमान जाँदै
फाइल फोटो। फोटो : आइसिसी।

काठमाडौं : नेपाली क्रिकेट टिम सिंगापुरमा त्रिकोणात्मक टी-२० सिरिज खेलेर ओमान प्रस्थान गर्न लागेको छ। नेपाली टिम आज सिंगापुर समय अनुसार ३ बजे श्रीलंकन एयरलाइन्सको जहाजबाट ओमान जाने तय भएको छ।

ओमनमा नेपालले शनिवारबाट शुरु हुने ५ देश सम्मिलित टी-२० सिरिज खेल्ने छ। सिरिजमा नेपाललगायत ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्डको सहभागिता रहनेछ।

प्रतियोगितामा सम्मिलित अन्य टिम आइसिसीको टी-२० वरीयतामा नेपालभन्दा तल रहेका टिम हुन्। नेपाल १२ औं स्थानमा रहेको छ भने आयरल्यान्ड १५ औं, नेदरल्यान्डस् १६ औं, ओमान १८ औं र हङकङ १९ औं स्थानमा रहेका छन्।

उक्त सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा आइतवार हङकङको सामना गर्नेछ। दोस्रो खेल नेदरल्यान्ड्ससँग सोमवारको लागि तय भएको छ भने तेस्रोमा बुधवार आयरल्यान्ड र चौंथो खेलमा नेपालले बिहीवार ओमानविरुद्ध खेल्नेछ।

सिंगापुरको त्रिकोणात्मक टी-२० सिरिजमा ४ खेल खेलेको नेपालले १ खेलमा मात्रै जित हासिल गर्न सफल भयो। २ खेलमा पराजय भोगेको नेपालको सिंगापुरसँगको खेल वासआउट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell