PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सभामुखको यौन दुर्व्यवहार सम्बन्धी समाचार लेखेका सम्पादक सिवाकोटीलाई सुरक्षा थ्रेट, प्रहरीले मिलायो सुरक्षा व्यवस्था



सभामुखको यौन दुर्व्यवहार सम्बन्धी समाचार लेखेका सम्पादक सिवाकोटीलाई सुरक्षा थ्रेट, प्रहरीले मिलायो सुरक्षा व्यवस्था
फोटो : अजयबाबु सिवाकोटीको फेसबुकबाट।

काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार सम्बन्धी समाचार लेखेका 'हाम्राकुरा डटकम'का सम्पादन अजयबाबु सिवाकोटीलाई प्रहरीले सुरक्षा दिएको छ।

सम्पादक सिवाकोटीलाई विभिन्न समुहबाट सुरक्षा थ्रेट आएको जानकारी पाएपछि सुरक्षा निगरानी बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

'उहाँलाई सुरक्षा थ्रेट भएको जानकारी दिएपछि हामीले आवश्यक सुरक्षा प्रबन्ध मिलाएका हौं,'  डिएसपी बोगटीले भने।

संसद् सचिवालयकी महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको संगीन आरोप लगाएकी थिइन्। 'हाम्राकुरा अनलाइन'मा शिवाकोटीले भिडियोसहित रिपोर्ट प्रस्तुत गरेपछि घटना छरपस्ट भएको थियो। घटना बाहिरिएसँगै गत मंगलवार सभामुख महराले पदबाट राजीनामा नै दिएका थिए। तर अहिले ति महिलाले आफूलाई सभामुखले दुर्व्यवहार नगरेको भन्दै प्रहरीमा लिखित उजुरी समेत दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell