PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

इंग्लिस प्रिमियर लिग: लिभरपुलद्वारा लेष्टर सिटी पराजित



इंग्लिस प्रिमियर लिग: लिभरपुलद्वारा लेष्टर सिटी पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सजिलो जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो।

खेलको ४० औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। यो गोलसँगै मानेले लिभरपुलका लागि मानेको ५० गोल पुरा भएको छ।

त्यस्तै, खेलको ८० औँ मिनेटमा जेम्स म्याडीसनले गोल गरेर लेष्टरलाई खेलमा फर्काएका थिए तर खेलको इन्ज्युरी समयमा लिभरपुलले पेनाल्टी पाएपछि दोस्रो गोल भएको थियो।

जितसँगै लिभरपुलले ८ खेलमा २४ अंक भएको छ। लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ८ अंकले पछि बनाएको छ। एक खेल कम खेलेको सिटीको १६ अंक छ। पराजित लेष्टर १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत नै भएको अन्य खेलमा बर्नलीले एभर्टनलाई १–० ले पराजित गर्दा एस्टन भिल्लाले नर्विच सिटीलाई ५–१ ले पराजित गर्‍यो। यता, वाट्फोर्ड र सेफिल्डले गोलरहित बराबरी खेलेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell