PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

इङ्लिस प्रिमियर लिग : चेल्सी र आर्सनल विजयी, सिटी र युनाइटेडको हार



इङ्लिस प्रिमियर लिग : चेल्सी र आर्सनल विजयी, सिटी र युनाइटेडको हार

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन्। चेल्सीले साउथम्प्टनलाई ४–१ले तथा आर्सनलले बोर्नमाउथलाई १–० गोल अन्तर पराजित गरेका हुन्।

चेल्सीको जितमा ट्यामी अब्राहम, म्यासन माउन्ट, कान्टे र मिकी बात्सुवायीले गोल गरेका थिए। साउथम्प्टनका लागि एकमात्र गोल ड्यानी इङ्सले गरेका थिए।

त्यस्तै अर्को खेलमा बोर्नमाउथविरुद्ध जित निकाल्न आर्सनलका डेभिड लुइजले गोल गरे।

यता डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटि र म्यान्चेस्टर युनाइटेड भने पराजित भएका छन्। सिटी उल्भससँग २–० ले र युनाइटेड न्युकासलसँग १–० पराजित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell