PahiloPost

Oct 16, 2025 | ३० असोज २०८२

२४ लाख मानिसले उपत्यका छोडेपछि सुनसान देखिएको काठमाडौं

२४ लाख मानिसले उपत्यका छोडेपछि सुनसान देखिएको काठमाडौं


काठमाडौः सधैँ भिडभाड र अस्तव्यस्त देखिने राजधानीका सडक केही दिनदेखि भने सुनसान देखिएका छन्।

दशैंमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान देखिएका हुन्।  

दशैंको सप्तमी, अष्टमीका र नवमीका दिन राजधानीमा मानिसको चहलपहल न्युन देखियो। सडकमा सार्वजनिक सवारी कमै देखिन्छन्।

गएको १५ दिनको अवधिमा मात्र २४ लाख मानिसले उपत्यका छोडेको प्रहरीले जनाएको छ।

उपत्यकाबाट धेरै मानिस बाहिरिएकोले नै राजधानी सुनसान देखिएको हो। अरु बेला ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने सडकहरुमा चाप कम भएपछि ट्राफिक प्रहरीलाई पनि सजिलो भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell