PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु



अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप दुर्घटनामा परेको हो।

घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए। मृतकको सनाखत भएको छैन। 

घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell