PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कहिले हुँदैछ चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण ?



कहिले हुँदैछ चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण ?
फोटो : GETTY IMAGES/CBS

काठमाडौं: चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तय भएको छ। दशैं अगाडीदेखि नै सी दशैंको बीचमा वा त्यस लगत्तै नेपाल आउने चर्चा चलेको थियो। सरकारले तयारी स्वरुप काठमाडौंलाई सिंगार्ने काम गरिरहेको थियो। 

चिनियाँ राजदूत हउ यान्छी र परराष्ट्र मन्त्रालयले सीको नेपाल भ्रमण तय भएको पुष्टि गरेको छ। तर, आपसी सल्लाह र समझदारीमा हुने यस्ता भ्रमणको मिति फरक देखिएपछि सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रश्न उठाए ।

बुधवार परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै असोज २५ गते ( शनिवार) सी दुई दिने नेपालमा आउने भएका जनाएको छ। विज्ञप्तीमा सीले असोज २५ र र २६  (अक्टोबर १२ र १३ ) नेपालको राजकीय भ्रमण गर्ने उल्लेख गरिएको छ।

 

तर, परराष्ट्रले आधिकारिक विज्ञप्ती मार्फत सी २५ र २६ गतेका लागि मात्रै दिने नेपाल आउने उल्लेख गरेपनि नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले ट्वीटर मार्फत सी असोज २४ गते (अक्टोबर ११) देखि तीन दिने नेपाल भ्रमणमा आउने जानकारी दिएकी छिन्। यान्छीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेट पछि सी अक्टोबर ११ देखि १३ सम्म (असोज २४ देखि २६) सम्म नेपालको राजकीय भ्रमणमा आउने उल्लेख गरेकी हुन्।

यता, चीनको पिपल्स डेली, चाइनाले पनि सी अक्टोबर ११ (असोज २४) गते नै तीन दिने नेपाल भ्रमणमा आउने उल्लेख गरेको छ। 

 

तर, सामाजिक संजालमा मितिलाई लिएर अन्यौल रहँदा परराष्ट्रले भने शनिवार नै सीको भ्रमण हुने बताएको छ। अक्टोबर ११ मा सी भारतमा पुग्नेछन्। सो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले भेट गर्नेछन्। शुक्रवार भारतमै बसेर शनिवार सी नेपाल आउनेछन्। यद्यपि, सी नेपाल आउने समय भने  सार्वजनिक गरिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell