PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

अस्ट्रेलियामा डढेलो: २० घर जलेर नष्ट



अस्ट्रेलियामा डढेलो: २० घर जलेर नष्ट
फोटो : AAP Image/Jason O'Brien/via Reuters

सिड्नी : अस्ट्रेलियामा डढेलोका कारण २० भन्दा बढी घरहरु जलेर नष्ट भएका छन्। विगत केही हप्ता देखि लागिरहेको आगोका कारण धेरै घरहरु खतरामा रहेको बताइएको छ। खडेरीको चपेटामा रहेको न्यू साउथ व्लेस क्षेत्रमा डढेलो लागेको अधिकारीहरुले बताएका छन्। उत्तरी शहरहरु बसबाइज फ्लेट, र्‍यापभिल्ले र कासिनो क्षेत्रका घरहरु निकै नै प्रभावित भएका छन्।

करिब २५ स्थानमा आगलागीका घटनाहरु रिपोर्ट गरिएको प्रहरीले जनाएको छ। अधिकारीहरुले यो डढेलो अहिलेसम्मकै खतरनाक हुनसक्ने चेतावनी दिएका छन्।

सरकारले डढेलो नियन्त्रणका लागि उद्धार टोली परिचालन गरिसकेको बताएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell