PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिथियम-आयोन ब्याट्रीको विकास गर्ने तीन वैज्ञानिकलाई दिइने



रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिथियम-आयोन ब्याट्रीको विकास गर्ने तीन वैज्ञानिकलाई दिइने
फोटो : Niklas Elmehed/Royal Swedish Academy of Sciences ।

स्टोकहोम : रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिथियम-आयोन ब्याट्रीको विकास गर्ने तीन वैज्ञानिकलाई प्रदान गरिने भएको द गार्डियनले लेखेको छ। सो पुरस्कार दुई अमेरिकी र एक जापानी वैज्ञानिकलाई प्रदान गरिने भएको हो।

रोयल स्विडिस एकेडेमी अफ साइन्सले बुधबार अस्टिनस्थित टेक्सास युनिभर्सिटीका जोन बि गुडेनअफ, बिङहाम्टन युनिभर्सिटीका एम स्टान्ली विटिङहाम र मेइजो युनिभर्सिटीका अकिरा योसिनोलाई प्रदान गर्ने निर्णय गरेको हो। ९७ वर्षका जोन बि गुडेनअफ नोबेल पुरस्कार पाउने पाका व्यक्ति भएका छन्।

लिथियम-आयोन ब्याट्रीलाई पुरस्कारको लागि धेरै पहिलेदेखि पहल गरिएको थियो। हाई-टेक विश्वको विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। अन्य ब्याट्री भन्दा हलुका र कम्प्याक्ट हुने लिथियम-आयोन ब्याट्रीको प्रयोग मोबाइल फोनदेखि ल्यापटप तथा इलेक्ट्रिक कारमा पनि हुन्छन्।

यो पुरस्कार रसायन विधामा प्रदान गरिएको यो १११ औं संस्करणको पुरस्कार हो। सन् १९०१ मा यो पहिलो पटक वितरण गरिएको थियो। अहिलेसम्म ५ महिलाले मात्रै नोबेल पुरस्कार पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell