PahiloPost

Oct 14, 2025 | २८ असोज २०८२

कुर्दिश फौजविरुद्ध लडाई गर्न टर्की तयार



कुर्दिश फौजविरुद्ध लडाई गर्न टर्की तयार
फोटो : Lefteris Pitarakis/AP ।

आंकारा : कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले बताएको छ। उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ।

उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ता गरिएलगत्तै सो क्षेत्रमा टर्कीले दर्जनौँ सैन्य गाडी पठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दहरुलाई भने नत्यागेको बताएका छन्।

अमेरिकाले कुर्दिश समूह रहेको इलाकाबाट आफ्नो फौज फिर्ता लगेर उनीहरुमाथि टर्कीको हमलाका लागि बाटो खोलिदिएको भनाई पनि आएको छ। 

कुर्दिश फौजले राष्ट्रपति ट्रम्पको निर्णयलाई धोकापूर्ण भएको आरोप लगाएका छन्। इस्लामिक स्टेट्स (आइएस) लडाकू पराजित गर्न अमेरिकालाई सघाएका ती फौजले 'पीठमा छुरा' प्रहार गरिएको प्रतिक्रिया उनीहरुको दिएका छन्।

तर राष्ट्रपति ट्रम्पले सिरियामा तैनाथ १ हजार अमेरिकी सेनामध्ये केवल ५० जना मात्र फर्काइने सङ्केत गरेका छन्। 

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोगानले राष्ट्रपति ट्रम्पको निम्तोमा नोभेम्बर १३ मा अमेरिकाको भ्रमण गर्ने ह्वाइट हाउसले पुष्टि गरेको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell