PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बसको ठक्करबाट स्याङ्जामा एक वृद्धाको मृत्यु



बसको ठक्करबाट स्याङ्जामा एक वृद्धाको मृत्यु

वालिङ : बसको ठक्करबाट आज दिउँसो स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ। पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७६६४ नम्बरको बसले वालिङ नगरपालिका–१ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा स्याङ्जाको भिरकोट नगरपालिका– ३ देउराली बस्ने ६५ वर्षीया फूलमाया सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

बसको ठक्करबाट घाइते भएकी सार्कीलाई उपचारका लागि ग्रहौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको लागि लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्‍याउँदा चिकित्सकले दिउँसो ३ः३० बजे उनलाई मृत घोषणा गरेका थिए।

बस चालक गल्याङ नगरपालिका–११ का ३० वर्षीय नेत्रलाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell