PahiloPost

May 27, 2020 | १४ जेठ २०७७

टर्कीले उत्तरी सिरियामा शुरु गर्‍यो सैन्य अपरेसन



टर्कीले उत्तरी सिरियामा शुरु गर्‍यो सैन्य अपरेसन

स्तानबुल : टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोगानले उत्तर पूर्वी सिरियामा टर्कीको सैन्य अपरेसन शुरु भएको बताएका छन्। उनले यो धेरै लामो समयदेखि योजना बनाइएको अपरेसन भएको बताएको द गार्डियनले लेखेको छ

हाल कुर्दिश सेनाको पकडमा रहेको सो क्षेत्रमा टर्कीले हवाइ आक्रमण शुरु गरेको बताइएको छ। जसका कारण सो क्षेत्रमा आतंक फैलिएको रिपोर्ट आएको छ।

सो क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजाने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले टर्कीको यो सैन्य अपरेसनलाई बल पुगेको छ। सो क्षेत्रमा आइसीस लडाकु र तिनका परिवारलाई कुर्दिश सेनाले बन्दी बनाएर राखेका छन्।

'सिरियाको राष्ट्रिय सेनासँग मिलेर टर्कीको सशस्त्र बलले उत्तरी सिरियामा रहेका आइसीस लडाकु लक्षित अपरेसन पिस स्प्रीङ लन्च गरेको छ। दक्षिणी सीमामा आतंककारी करीडोर नबनोस् भन्ने हाम्रो उद्देश्य हो। त्यो क्षेत्रमा शान्ति आओस् भन्ने हामी चाहन्छौँ,' राष्ट्रपति एर्दोगानले ट्वीट गर्दै भनेको छन्।

कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सका प्रवक्ता मुस्ताफा बालीका अनुसार राष्ट्रपतिको भनाइ लगत्तै सो क्षेत्रमा टर्किका युद्धविमानले आक्रमण शुरु गरेका थिए। जसका कारणले सो क्षेत्रका मानिसहरुमा आतंक फैलिएको उनले बताए।

सिरियाको सहर ताल अबियाद नजिकैको सीमाबाट आज दिउँसो नै टर्कीस सेना सिरिया प्रवेश गरेको एपीले जनाएको छ।

कुर्दिश आतंक समूह र आइसीसको खतराबाट बच्न सीमा क्षेत्रमा ३२ किलोमिटर लामो सुरक्षित क्षेत्र बनाउन चाहेको टर्कीले बताएको छ। सिरियामा अमेरिकाको सहायतामा आइसिसविरुद्ध लडाइ गरेको सिरियन डेमोक्रेटिक फोर्स टर्कीको मुख्य निशानामा छ। यो अपरेसनको लागि टर्कीले केही दिनअघि देखि नै सीमामा सेना तैनाथ गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell