PahiloPost

Oct 24, 2019 | ७ कात्तिक २०७६


जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु



जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका–५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन्।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा १२ च १८१२ नम्बरको जीपले ठक्कर दिँदा घाइते भएका आचार्यको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पैदलयात्रीलाई ठक्कर दिने जीप र चालक प्रहरी नियन्त्रणमा छन्। 

यसैगरी पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरोको ठक्करबाट आज स्कुटरमा सवार तीन जना घाइते भएका छन्। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नम्बरको बोलेरोले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन्।

प्रहरीका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–११ बस्ने ३६ वर्षीय सुरज धिताल, निजकी श्रीमती ३० वर्षीया शोभा धिताल र उनीहरुका छोरा नौ वर्षीय अर्पण धिताल रहेका छन्।

घाइतेमध्ये सुरजको हातमा सामान्य चोट लागेको छ भने शोभा र अर्पणको टाउको र बायाँ खुट्टामा चोट लागेको छ। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते दुई जनालाई चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ। रासस



जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell