PahiloPost

May 30, 2020 | १७ जेठ २०७७

दशैँ भोजमा खाएको अचारले ‘फुड प्वाइजनिङ’ हुँदा ३१ जना बिरामी, तीन जनाको अवस्था गम्भीर



दशैँ भोजमा खाएको अचारले ‘फुड प्वाइजनिङ’ हुँदा ३१ जना बिरामी, तीन जनाको अवस्था गम्भीर
फोटो : गुगल म्याप।

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन्।

स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन्।

स्थानीय हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र काँक्राको अचार खाएलगत्तै बिरामी पर्न थालेको बताए। बिरामीहरुको बुधबार दिउँसोदेखि वीरेन्द्रनगरस्थित माया नर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ। बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

माया नर्सिङ होमका डा कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताए। “अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुन्छ,” उनले भने, ‘फुड प्वाइजनको अवधि ७२ घण्टासम्म रहने हुँदा चिन्ता गर्नुपर्ने अवस्था हुँदैन।’ रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell