PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

पोखराबाट बाहिरिने यात्रुको संख्या बढ्दै



पोखराबाट बाहिरिने यात्रुको संख्या बढ्दै
फाइल फोटो

पोखरा: बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आ-आफ्ना कार्यस्थल फर्कने यात्रुको चाप लामो दुरीका यातायातका साधनमा देखिएको छ।

सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्रचलन भएकाले उक्त दिन टीका लगाएर सर्वसाधारण आआफ्ना कार्यस्थलमा फर्कन थालेका हुन्।

दशैँका कारण केही दिन भए पनि चहलपहल भएका गाउँ बस्ती फेरि पहिले जस्तै सुनसान हुँदै जान थालेका छन् भने शहरमा देशका विभिन्न भागका लागि बाहिरिने सवारीसाधनको चाप बढेको छ। हिजोदेखि नै फर्कने यात्रुको संख्या बढ्दै गएको पृथ्वी राजमार्ग बस कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए।

पोखराबाट पूर्व र पश्चिमतर्फ ४९ वटा रात्रिबस नियमित सञ्चालन भएकोमा दशैँको टीका लगाई फर्कने यात्रुका कारण सवारीसाधन थपेर ७० वटा बनाइएको केसीले बताए। केसीका अनुसार काठमाडौँ लगायतका विभिन्न ठाउँ जाने माइक्रोबस पनि बिहानैदेखि खचाखच भरिएर गएका छन्।

दशैँमा फर्कने यात्रुको सुविधा, सुरक्षा एवं जथाभावी भाडा बढी लिने क्रमलाई नियन्त्रण गर्ने लक्ष्यका साथ ठाउँठाउँमा गस्ती एवं सुरक्षा जाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिए। फूलपातीदेखि बिदा भएका सरकारी कार्यालय आजदेखि खुलेका कारण पनि बजार क्षेत्र एवं कार्यालयमा चहलपहल बढेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell