PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नवलपरासीमा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते



ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नवलपरासीमा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

परासी : पश्चिम नवलपरासीमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४३ प २९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

सो घटनामा ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय सञ्जीवनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell