PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अपराध नियन्त्रणमा मोरङ प्रहरी सर्वोत्कृष्ट



अपराध नियन्त्रणमा मोरङ प्रहरी सर्वोत्कृष्ट
एसपी मनोजकुमार केसी।

काठमाडौं : अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न यस वर्ष जिल्ला प्रहरी कार्यालय मोरङ सर्वोत्कृष्ट ठहरिएको छ।

शुक्रवार ६४ औं प्रहरी दिवसका अवरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मोरङ प्रमुख एसपी मनोजकुमार केसीलाई सम्मान गरिएको छ। केसीले मोरङ जिल्लामा भएको रिना बस्नेत मृत्यु प्रकरण, भारतीय लुटेरा ग्याङको नियन्त्रणलगायत घटनामा सफल अनुसन्धान गरेका थिए।

प्रहरी प्रधान कार्यालयले डिआइजी केदार रिजालको अध्यक्षतामा कार्यदक्षता मूल्यांकन समिति गठन गरेको थियो। गत वर्ष सर्वोत्कृष्ट जिल्ला प्रहरीको सम्मान झापा जिल्लाले पाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell