PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैँ अवधिभर बाँकेमा करिव चार लाख रुपैयाँसहित ३९ जुवाडे पक्राउ



दशैँ अवधिभर बाँकेमा करिव चार लाख रुपैयाँसहित ३९ जुवाडे पक्राउ

राँझा : दशैँ अवधिभर बाँकेमा जुवातास खेल्ने ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जुवाका पाँचवटा खालमा छापा मार्दा प्रहरीले उनीहरुलाई करिव चार लाख रुपैयाँसहित पक्राउ गरेको हो।

प्रहरीले पाँच खालबाट तीन लाख ९७ हजार १५३ रुपैयाँ बरामद गरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।

उनका अनुसार पछिल्लो पटक नेपालगञ्जमा बिहीवार राति १७ जना जुवाडे पक्राउ परेका हुन्। गणेशपुरबाट एक लाख ८३ हजार रुपैयाँसहित उनीहरु पक्राउ परेका थिए। सबभन्दा बढी कोहलपुर नगरपालिकाको विभिन्न वडाबाट २२ जना जुवाडे पक्राउ परेका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा रेडक्रस रोडमा रहेको एक इन्स्टिच्यूटबाट ९८ हजार रुपैयाँसहित कोहलपुर नगरपालिका–११ न्यूरोड बस्ने उमेश शाही, सोही ठाउँका केशव क्षेत्री र वडा नम्बर १३ बस्ने नरबहादुर खत्रीलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय कोहलपुरले गत शनिवार मात्र कोहलपुरमा जुवा खेल्दै गरेका १९ जना व्यक्तिलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो। जसमा कोहलपुर नगरपालिका–५ शान्तिनगरबाट ११ जनालाई २६ हजार र शनिवार राति नै बैजानाथ गाँउपालिका–४ तिलकपुरबाट आठ जनालाई ९० हजार १५३ रुपैयाँ सहित नियन्त्रणमा लिएको हो। कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell