PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा यस्तो स्वागत, दर्जन फोटोमा हेर्नुस्

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा यस्तो स्वागत, दर्जन फोटोमा हेर्नुस्


काठमाडौं : दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता सम्पन्न गरी राष्ट्रपति सी आज काठमाडौं आएका हुन्।

एयर चाइनाको विशेष विमानबाट विमानस्थल उत्रिएका सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरु पुगेका थिए।

सीलाई विमानस्थलमा नै राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell