राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय वार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल र चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ।
चाइना रेडियो इन्टरनेश्नल नेपाल सेवाका अनुसार भेटमा दुवै राष्ट्रले एक भएर कठिनाईको सामना गर्ने, सहकार्य र साझा जीतनको भावनालाई कायम राख्दै विकास र समृद्धितर्फ उन्मुख युगौंयुगसम्म मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने बारेमा छलफल भएको छ।