PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चीनमा वन्यजन्तु अंग तस्करीको आरोपमा दुईजना पक्राउ

चीनमा वन्यजन्तु अंग तस्करीको आरोपमा दुईजना पक्राउ


जिनहाई : चीनमा वन्यजन्तुको अंगहरु तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ।

चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको जिनहाई प्रान्तमा प्रहरीले ६० केजी हातीको दाँत, सालकको छाला,  सिंहको हड्डी, बाघको छाला,सिंहको दाँत लगायतका सामानहरु नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको अधिकांश अंगहरु कलिला उमेरका वन्यजन्तुहरुको रहेको प्रहरीले जनाएको छ।

जिनहाई प्रान्तमा भएको यो तस्करीमा हालसम्मकै ठूलो घटना भएको बताइएको छ।

फोटो: People's Daily, China



ट्रेन्डिङ पोस्ट

Ncell