PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रौतहटमा चल्यो गोली, एक युवकको मृत्यु



रौतहटमा चल्यो गोली, एक युवकको मृत्यु

काठमाडौं: रौतहटको इशनाथ नगरपालिकामा ४ मा एक युवकको गोली हानी हत्या भएको छ। भारतीय नम्बर प्लेटको सेतो मोटरसाइकलमा आएका बन्दुकधारीले युवाको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको रौतहट जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले जनाकारी दिए।

मृत युवाको पहिचान र मोटरसाइकल नम्बर खुल्न सकेको छैन।

सीमापारीबाट मोटरसाइकलमा ल्याएर गोली हानी फरार भएको बुझिएको डिएसपी कर्कीको भनाई छ। 'प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकलको बीचमा राखेर ल्याएको र उतारेपछि गोली हानी भागेको जानकारी आएको छ' डिएसपी कार्कीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell