PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाग्मती गाउँपालिकामा अध्यक्ष कप फुटबल हुँदै, विजेतालाई एक लाख पुरस्कार



वाग्मती गाउँपालिकामा अध्यक्ष कप फुटबल हुँदै, विजेतालाई एक लाख पुरस्कार

काठमाडौं: ललितपुरको वाग्मती गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगता हुने भएको छ। असोज २९ देखि कात्तिक ६ गते सम्म चल्ने प्रतियोगिता वाग्मती खेलकूद विकास समिति र गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रचार संयोजक प्रकाश लामाले जानकारी दिए।

प्रतियोगितामा १८ टिमको सहभागिता रहनेछ। 'स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल र बागमती पर्यटनको लागि खेल' भन्ने नाराकासाथ आयोजना हुने प्रतियोगिताको कप विजेताले १ लाख रुपैयाँ पाउनेछ। दोस्रोलाई ५० हजार र सन्त्वाना दुई टिमलाई २०/२० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, कदरपत्र, मायाको चिनो प्रदान गरिने आयोजक संयोजक बुद्धराज नेगीले जानकारी दिए ।

खेल गाउँपालिकाको वडा नं. ४ स्थित खयरघारी खेल मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell