PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जापानमा आँधीको कहर: मृतकको संख्या ३७ पुग्यो



जापानमा आँधीको कहर: मृतकको संख्या ३७ पुग्यो
फोटो: GETTY IMAGES

जापानमा आएको हगिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ। जापानमा ६० वर्षयता आएको सबैभन्दा शक्तिशाली आँधीका कारण अझै २० जना वेपत्ता रहेको बताइएको छ। मृतकको संख्या बढ्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्।

आँधी प्रभावित क्षेत्रमा १ लाख १० हजारभन्दा धेरै मानिस उद्धारका लागि परिचालन गरिएको बीबीसीले उल्लेख गरेको छ। आँधीका कारण अझै थुप्रै स्थानमा मानिसहरु फसिरहेको बताइएको छ। हजारौं रक्षाकर्मी, अग्नी नियन्त्रक, सेनाहरु परिचालन गरि बाढी र पहिरोका कारण प्रभावित मनिसको उद्दार भइरहेको बताइएको छ।  

आँधीका कारण सडक र रेल सेवा ठप्प भएको छ।

आँधीका कारण रग्बी विश्वकपका खेलहरु समेत रद्द भएका छन्। यद्यपि,  जापान र स्कटल्यान्डबीचको खेलभने सम्पन्न भयो। उक्त खेलमा जापानले स्कटल्यान्डलाई २८-२१ ले पराजित गर्दै पहिलोपटक क्वाटरफाइनलमा स्थान बनाएको थियो।

खेलपछि जापानी रग्बी टोलीका प्रशिक्षकले आँधीका कारण प्रभावितहरु प्रति समवेदना व्यक्त गरेका थिए।

आँधीका कारण हजारौं घरहरुमा क्षति पुगेको छ।  २ लाख ७० हजारभन्दा बढी घरहरुमा बिजुली सेवा अवरुद्ध भएको छ। ७० लाख मानिसलाई सुरक्षति स्थानमा जान सूचना जारी गरिएको छ। ५० हजारभन्दा बढी मानिस अस्थायी शिविरमा बसिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell